धनगढी विमानस्थल मुआब्जा प्रकरणमा सार्वजनिक लेखा समितिको छानबिनमा तानिए तत्कालीन पर्यटन मन्त्री आले

बिश्व खबर
पढ्न लाग्ने समय : 6 मिनेट

१० बैशाख, काठमाडौ : पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले धनगढी विमानस्थलका नाममा करोडौँको चलखेल र जालझेल गरेको विषयमा संसद्को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ। गत वैशाख ४ गते समितिमा आलेविरुद्ध उजुरी परेको थियो।

लेखा समितिले मंगलबार पर्यटन मन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ दिनभित्र विवरण पेस गर्न पत्र काटेको छ। धनगढी विमानस्थल प्रकरणमा अख्तियार दुरुपयोग आयोगले अनुसन्धान अगाडि बढाइरहेका बेला लेखा समितिले पनि छानबिन सुरु गरेको हो।

गत वैशाख ४ गते परेको उजुरीमा आलेको डिजाइनमा कम्पनी नै खडा गरी जग्गा खरिदमा भएको अनियमितता र करोडौँ रकम अपचलन भएको भन्दै छानबिन गरेर कारबाही गर्न माग गरिएको थियो।

आलेले बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी (अशोक जोशी र हेमन्त रेग्मीको नाममा) खडा गर्दै जग्गा खरिद गरेको समेत उजुरीमा उल्लेख गरिएको छ।

आलेले तत्कालीन मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना पीए (स्वकीय सचिव) हेमन्त रेग्मी र निजको फुपूको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोकसमेतलाई मिलाएर विमानस्थल आसपासमा हेमन्तको सेटिङमा पवन गुप्ता र तेन्जिङ शेर्पा समेतबाट जग्गा खरिद गरेको उजुरीमा उल्लेख गरिएको छ।

उक्त विमानस्थल क्षेत्रको विस्तार गर्ने भन्दै आलेले बजेट विनियोजन गरेको भनेका बेलामा पनि उनीहरूले सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको थियो।

आलेले मन्त्री हुँदा सुरुमा नै प्राधिकरण नेतृत्व र प्राविधिक कर्मचारीहरूलाई धम्काइ धनगढी विमानस्थल आसपासमा जग्गा किन्ने तयारी थालेका थिए। त्यसपछि सोही योजनाअनुरूप अशोक र हेमन्तको नाममा एक कम्पनी खडा गरेर मन्त्री भएकै मौकामा मन्त्रालय मातहत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको मुद्दती खातामा रहेको १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएका थिए।

त्यसपछि उनले बैंकमा सेटिङ गरेर बैंकबाट जग्गा धितो राख्दै १ अर्ब ऋण लिएको र सोही रकमले धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिघा जग्गा किनेका थिए। त्यसमा उनका पीए हेमन्त र फुपूको छोरा अशोकसमेतलाई मिलाएर जग्गा खरिद गरिएको थियो।

आलेको समूहले प्रतिकट्ठा साढे १२ लाखका दरले किनेको जग्गालाई पछि विमानस्थल बन्दा ५० लाख प्रतिकट्ठाका दरले बेच्ने योजना राखेको थियो। अन्य व्यापारिक संरचना निर्माण गर्न सकिने पनि उनीहरूको योजना रहेको थियो। तथापि आले पर्यटनमन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र परेसँगै उनीहरूको योजना पनि अलपत्र परेको थियो।

पूर्व पर्यटन मन्त्री आलेको समूहले उनी मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत अपचलन गरेको उजुरीमा उल्लेख गरिएको छ। मन्त्री हुँदा आलेले धनगढी विमानस्थल विस्तारको योजना ल्याएर २०७८ पुस ११ गते तत्कालीन पर्यटनमन्त्री आलेको अध्यक्षतामा प्राधिकरण सञ्चालक समितिको एउटा बैठकबाट प्राधिकरण व्यवस्थापन र प्राविधिक कर्मचारीलगायत सञ्चालक समिति समेतलाई दबाब दिई धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय भएको थियो।

उक्त बेला धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने निर्णयसमेत भएको थियो। विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न जमिन अधिग्रहणका लागि स्रोत सुनिश्चित नै नगरी उक्त समयमा बजेट विनियोजन गरेको थियो।

तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण सञ्चालक समितिको मिति २०७७ पुस ११ मा बसेको बैठकबाट प्राधिकरण र प्राविधिक कर्मचारीलगायत सञ्चालक समितिलाई दबाब दिई आफू मन्त्री रहेकै समयमा आफ्नै सम्बन्धित प्राविधिकरणबाट स्थलगत निरीक्षण तथा चेकजाँच समेत गराइ उक्त विमानस्थलको गुरु‌योजनासमेत स्वीकृत गराएका थिए।

विमानस्थल सञ्चालनमा ढिलाइ: उद्योग वाणिज्य संघको आपत्ति
पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन र अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। संघले विमानस्थल निर्माण कार्यको ढिलाइ, त्यसको असर तथा हालसम्म भएको प्रगति र समस्याबारे चासो व्यक्त गरेको हो।

संघको विज्ञप्तिमा भनिएको छ, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानीय पर्यटन व्यवसाय, लगानी, तथा प्रतिष्ठामा नकारात्मक असर परेको छ।” संघले सरकार र सम्बन्धित निकायहरूलाई यथाशीघ्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ।

यसैबीच, धनगढी विमानस्थल विस्तारसँग जोडिएको अनियमितता प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमाथि जग्गा खरिदमा अनियमितता, कम्पनी खोलेर व्यक्तिगत लाभ लिएको, तथा राज्यको ढुकुटीबाट रकम दुरुपयोग गरेको आरोप लागेको छ।

उक्त प्रकरणमा लेखा समितिले पर्यटन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयलाई सात दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ। उजुरी अनुसार, तत्कालीन मन्त्री आलेले आफ्ना निकट व्यक्तिहरूको नाममा कम्पनी खोलेर बैंकमार्फत ऋण लिएर ७५ करोड रुपैयाँ बराबरको ३० बिघा जग्गा खरिद गरेको र त्यसलाई उच्च मूल्यमा सरकारलाई बिक्री गर्ने योजनामा रहेको बताइएको छ।

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने भन्दै गरिएको बजेट विनियोजन र सो क्रममा भएको निर्णयमा समेत छानबिन सुरु गरिएको छ। प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्रीको प्रभाव प्रयोग गर्दै योजना पारित गराइएको भन्दै उजुरीमा आरोप लगाइएको छ।

पोखरा उद्योग वाणिज्य संघ र सार्वजनिक लेखा समितिको यो सक्रियता नेपालका प्रमुख विमानस्थलहरूमाथिको पारदर्शिता, जबाफदेहिता र प्रभावकारी सञ्चालनका लागि महत्त्वपूर्ण सन्देश दिन्छ। संघले विमानस्थलको सुचारु सञ्चालनले पोखराको पर्यटन, व्यापार तथा लगानी प्रवाहमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Leave a Comment