दुर्गा प्रसाईंको म्याद ४ दिन थप, सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान जारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ मंसिर, काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिन म्याद दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको सो म्यादबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।

म्याद थपिएसँगै प्रसाईं कम्तिमा पनि चार दिन प्रहरी हिरासतमै रहनेछन्।

प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दै आएका थिए। सोही तयारी तीव्र बनिरहेका बेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, प्रसाईंले सार्वजनिक शान्तिमा खलल पुग्ने प्रकारका अभिव्यक्ति दिएको अभियोगमा अनुसन्धान भइरहेको छ।

Leave a comment