२६ फागुन २०८२, काठमाडौं-अमेरिकाले इरानको सुरक्षास्थितिबारे कडा चेतावनी दिएको छ। अमेरिकी रक्षामन्त्री ले इरानमाथि ठूलो सैन्य आक्रमण हुन सक्ने दाबी गरेका छन्।
पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आज इरानमा ठूलो स्तरको आक्रमण हुन सक्ने संकेत दिएका हुन्। उनका अनुसार सम्भावित कारबाहीमा ठूलो संख्यामा लडाकु विमान, बमवर्षक र अत्याधुनिक गुप्तचर सूचनाको प्रयोग हुने बताइएको छ।
हेग्सेथले इरानले तीव्र गतिमा आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप पनि लगाएका छन्। उनले भने, “इरानले परमाणु बम निर्माण गर्ने दिशामा अघि बढिरहेको छ, तर अमेरिकी प्रशासनले यस्तो हुन दिने छैन।”
अमेरिकी राष्ट्रपति को सन्देशसमेत उल्लेख गर्दै उनले इरानलाई आणविक हतियार निर्माणको प्रयास नगर्न चेतावनी दिएका छन्।
उनका अनुसार इरानले यस्तो कदम अघि बढाएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ। अमेरिकी पक्षको यो चेतावनीपछि मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने सम्भावना देखिएको छ।

