वर्षा र हावाहुरीपछि काठमाडौंको वायु प्रदूषणमा सुधार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २९ — बिहीबार परेको वर्षा र चलेको हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनको तुलनामा घटेको देखिएको छ।

विश्वभरको वायु गुणस्तर मापन गर्ने संस्था का अनुसार शुक्रबार बिहान करिब साढे ६ बजे काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) ८६ मापन गरिएको छ, जुन मध्यम स्तरको मानिन्छ।

यसअघि बिहानको समयमा एक्यूआई ३४ सम्म पुगेको थियो, जसलाई स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ। केही दिनअघि भने उपत्यकाको वायु प्रदूषण निकै उच्च स्तरमा पुगेको थियो। फागुन २६ गते एक्यूआई २०६ मापन गरिएको थियो भने बिहीबार पनि १५० भन्दा माथि पुगेको थियो, जसलाई अस्वस्थ स्तर मानिन्छ।

का अनुसार वायु गुणस्तर सूचकांक ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक मानिन्छ।

मौसमविद्हरूका अनुसार वर्षा हुँदा आकाशमा जमेको धुलोका कणहरू पखालिने र हावाहुरीले प्रदूषित हावा हटाउने भएकाले वायुको गुणस्तरमा सुधार देखिएको हो।

यद्यपि दिउँसोतिर उपत्यकामा वायु प्रदूषणको स्तर फेरि केही बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

Leave a Comment