प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ मंसिर ,काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा सहभागी हुने राजनीतिक दलले आज बिहान १० बजेदेखि मंसिर २३ गते दिउँसो ४ बजेसम्म दर्ता निवेदन पेस गर्नुपर्नेछ। दर्ता प्रक्रिया पूरा भएका दलहरूको सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ।

यसअन्तर्गत दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्न पाउनेछन्। बन्दसूचीको अन्तिम रूप माघ ३० गते प्रकाशित गर्ने कार्यक्रम आयोगले तय गरेको छ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभा मध्ये ११० सदस्य समानुपातिक प्रणाली१६५ सदस्य प्रत्यक्ष प्रणाली बाट निर्वाचित हुने व्यवस्था छ। प्रत्यक्षतर्फका उम्मेदवारले माघ ६ गते मनोनयनपत्र दर्ता गराउनेछन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा अब ८८ दिन मात्र बाँकी रहेको छ।

Leave a Comment