काठमाडौँ, फागुन २९ – (रास्वपा) ले समानुपातिकतर्फ संसदमा पठाउने उम्मेदवारको नाम टुंग्याउन सचिवालय बैठक बोलाएको छ।
पार्टी प्रवक्ता का अनुसार शनिबारका लागि सचिवालय बैठक आह्वान गरिएको हो। बैठकमा समानुपातिकतर्फ संसदमा पठाइने सम्भावित नामहरूबारे विस्तृत छलफल हुने उनले जानकारी दिए।
बैठकको समय र स्थान भने अझै निर्धारण हुन बाँकी रहेको प्रवक्ता झाले बताएका छन्। सचिवालय बैठकपछि तय गरिएका नामहरू पार्टीको केन्द्रीय समितिमा पठाइने र अन्तिम निर्णय त्यहीँबाट हुने जनाइएको छ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गरेपछि संसदमा पठाइने प्रतिनिधिको सूचीलाई लिएर पार्टीभित्र आन्तरिक परामर्श तीव्र भएको बताइएको छ।






