शनिबार ३० फागुन २०८२, काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बस्ने तय भएको सचिवालय बैठक आइतबारका लागि सारिएको छ।
पार्टीका प्रवक्ता का अनुसार पार्टी सभापति को निर्देशनअनुसार बैठक चैत १ गते आइतबार राखिएको हो।
उनले जानकारी दिएअनुसार सचिवालय बैठक आइतबार बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा समानुपातिकतर्फ सांसद सिफारिस गर्ने विषय मुख्य कार्यसूचीमा रहेको बताइएको छ।
यसका साथै बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।
निर्वाचन आयोगले दलहरूले पाएको सिट संख्याका आधारमा तीन दिनभित्र समानुपातिक सांसदका नाम छनोट गरी बुझाउन निर्देशन दिँदै गत बिहीबार सबै दललाई पत्र पठाएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सिट हासिल गरेको छ। यससँगै पार्टीले एक्लै सरकार गठन गर्ने तयारी अघि बढाएको छ।

