१ चैत,काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
आन्दोलनमा अग्रपंक्तिमा रहेकी सहितका सहभागीहरूले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न घटनाको छानबिन गर्न सरकारबाट आयोग वा समिति गठन हुने तर त्यसले तयार पारेका प्रतिवेदन सार्वजनिक नगरिने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
सरकारले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश को नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले अध्ययनपछि आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको बताइएको छ।
प्रदर्शनकारीहरूले प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेका छन्।

