बारामा प्रहरी हिरासतबाट थुनुवा फरार

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 14
पढ्न लाग्ने समय : 1 मिनेट

१३ माघ,बारा:बारामा प्रहरी हिरासतबाट आज एकजना थुनुवा फरार भएका छन ।

ईलाका प्रहरी कार्यालय सिमराबाट थुनुवा फरार भएका हुन ।

प्रहरीले माघ ९ गते अभद्र व्यवहार मुद्दामा पक्राउ गरेको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-२ का १९ वर्षीय महेश चौधरी फरार भएका हुन ।

चौधरीलाई पाँच दिनको म्याद गराई अनुसन्धानको लागि हिरासतमा राखिएकोमा आज फरार भएको प्रहरी नायव उपरीक्षक सुभद्रा वाइवाले जानकारी गराईन ।

हिरासत कक्षबाट फोहर फाल्न निस्केको बेला भागेको प्रहरी प्रकाश सापकोटाले बताए ।
फरार थुनुवा चौधरीको खोछतलाश गर्न प्रहरी नायव उपरीक्षक वाइवाको नेतृत्वमा २५ जनाको टोली खटाइएको सापकोटाले बताए ।