चैत १, २०८२,धरान । ले समानुपातिक निर्वाचन प्रणालीतर्फ चार जना सांसदको नाम टुंगो लगाएको छ।
आइतबार धरानमा बसेको केन्द्रीय समिति बैठकले चार जनाको नाम अन्तिम रूप दिएको पार्टीका प्रवक्ता ले जानकारी दिए। उनका अनुसार बैठकले तय गरेका नामहरू मा पठाइनेछ।
पार्टीले आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू, मधेशी क्लस्टरबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्य क्लस्टरबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलित क्लस्टरबाट सुर्खेतकी राधिका रम्तेल (सार्की)को नाम समानुपातिक सांसदका लागि टुंगो लगाएको हो।
आदिवासी जनजाति क्लस्टरबाट छनोट भएका पूर्ण लिम्बू ब्रिटिस गोर्खाका भूपू सैनिक क्याप्टेन रहेको जनाइएको छ। मधेशी क्लस्टरबाट समावेश गरिएकी रुवीकुमारी ठाकुर जेनजी आन्दोलनसँग सम्बन्धित कार्यकर्ता भएको बताइएको छ।
पार्टीभित्र समानुपातिकतर्फ सांसद बन्ने आकांक्षी महिला कार्यकर्ताहरू धेरै रहेको तर सिट संख्या कम भएकाले नाम टुंग्याउन केही कठिनाइ भएको बताइएको छ। पार्टीले निर्वाचन आयोगले तोकेको समावेशी क्लस्टरअनुसार सूची तयार पारेको जनाएको छ।

