समानुपातिकतर्फ ११० सांसद निर्वाचित, बिहीबार प्रमाणपत्र वितरण हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ चैत २०८२, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतको आधारमा विभिन्न राजनीतिक दलहरूले समानुपातिकतर्फ सांसदका नाम सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणा गरेको हो।

आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने तयारी गरेको जनाएको छ। प्रमाणपत्र लिनुअघि आवश्यक कागजात बुझाउन पनि आयोगले आग्रह गरेको छ।

आयोगका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदहरूले चैत ३ गते कार्यालय समयभित्र सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजका फोटो बुझाउनुपर्नेछ।

उक्त कागजात को सचिवालयअन्तर्गत रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन भनिएको छ।

Leave a Comment