सोनाम ल्होछारको अवसरमा निजगढमा माघ २८ गते सार्वजनिक विदा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 175
पढ्न लाग्ने समय : 1 मिनेट

बारा–बाराको निजगढ नगरपालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा आज बसेको निजगढ नगर कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्ग २७ माघमा मनाउँदैछन् । नगरपालिकाले भोलिपल्ट सार्वजनिक विदा दिन लागेको हो ।

नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष समेत रहेका वडा अध्यक्ष सुॠ घलानले विदा दिने निर्णयको स्वागत गरेका छन् ।

निजगढ नगरपालिकाले तत्कालीन मेयर सुरेश खनालकाे कार्यकालदेखि ल्होछारको अवसरमा सार्वजनिक विदा दिदै आएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.