३० चैत्र,बारा: बाराका नयाँ प्रहरी उपरीक्षक महेन्द्र खडकाले शान्ति सुव्यवस्था कायमगर्न आफू कुनै कसुर बाँकी नराख्ने बताएका छन ।
जिल्ला प्रहरी कार्यालयको नया प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक खडकाले आज पत्रकार भेटघाट गरि जिल्लाको शान्ति सुरक्षाबारे आफ्नो योजना बताएका हुन । उनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफू कसैको दबाब र प्रभावमा नपरी काम गर्ने बताए । जिल्ला प्रहरी कार्यालयको ढोका बिचौलियाकोलागि सदैव बन्द रहने प्रहरी उपरीक्षक खडकाले प्रतिबद्धता जनाए ।
उनले आफू जिल्लामा कार्यरत रहुन्जेल शुन्य सहनशीलताको सिद्धान्तमा काम गर्ने स्पष्ट पारे । गलत काम गर्ने प्रहरी कर्मचारीलाई कडा कार्बाही गर्ने चेतावनी प्रहरी उपरीक्षक खडकाले दिए । प्रहरी कर्मचारीबाट हुने कुनै कमीकमजोरी संस्थागत नहुने प्रहरी उपरीक्षक खडकाले बिश्वास दिलाए। प्रहरी उपरीक्षक खडकाले आज नै राजनीतिक दलहरुसंग समेत छलफल गरेका छ ।
कुनै दबाब र प्रभावमा नपरी काम गर्छु: प्रहरी उपरीक्षक खडका

Leave a Reply