नेपाली सेनामा ६६ जनाका लागि रोजगारी खुला, स्वास्थ्यकर्मीदेखि शिक्षकसम्म माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत ८, २०८२ — नेपाली सेनाले विभिन्न क्षेत्रमा काम गर्ने गरी ६६ जना कर्मचारी माग गरेको छ।

सैनिक कल्याणकारी निर्देशनालयले आइतबार सूचना जारी गर्दै करार सेवामा पूर्णकालीन तथा आंशिक (फ्ल्याट बेसिस) रूपमा काम गर्ने जनशक्ति आवश्यक रहेको जनाएको हो।

सूचनाअनुसार स्वास्थ्यकर्मी, शिक्षक तथा विभिन्न प्राविधिक जनशक्ति माग गरिएको छ।

वीरेन्द्र अस्पताल, छाउनीका लागि मात्र ११ जना स्वास्थ्यकर्मी आवश्यक रहेको छ भने स्वास्थ्य सेवा महाशाखा, छाउनीका लागि ३ जना कर्मचारी माग गरिएको छ।

यसैगरी, व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङमा २ जना, सैनिक आवासीय महाविद्यालय भक्तपुरमा ५ जना र बर्दिबासमा ८ जना कर्मचारी आवश्यक पर्ने जनाइएको छ।

त्यस्तै, सुर्खेतस्थित सैनिक आवासीय महाविद्यालयका लागि ३ जना, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा ९ जना तथा बुटवलस्थित सैनिक आवासीय महाविद्यालयका लागि ७ जना कर्मचारी माग गरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको प्रक्रिया अनुसार आवेदन दिन सेनाले आग्रह गरेको छ।

Leave a Comment