काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल)को २०औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रनको विशाल योगफल खडा गरेको थियो। बैंगलुरुका लागि फिल साल्ट, विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए।
२४१ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन मात्र बनाउन सक्यो।
विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईका ब्याटरहरूले आक्रामक सुरुआत गरे पनि अन्तिम ओभरहरूमा आवश्यक रन जोड्न नसक्दा टोली हार्न पुग्यो। मुम्बईका लागि शेर्फेन रदरफोर्ड बाहेक अन्य खेलाडीले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
यसअघि, पहिले ब्याटिङ गरेको बैंगलुरुका ब्याटरहरूले विष्फोटक प्रदर्शन गर्दै मुम्बईका बलरलाई दबाबमा राखेका थिए।
यो जितसँगै बैंगलुरुले तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ। बैंगलुरु ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई ४ खेलमा २ अंकसहित आठौँ स्थानमा छ।






