सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 89
पढ्न लाग्ने समय : 1 मिनेट

५ कात्तिक, काठमाडौं: अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।

Leave a comment