काठमाडौं, चैत ११ —नयाँ प्रतिनिधिसभा गठन प्रक्रिया अन्तर्गत आज ज्येष्ठ सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ। शीतल निवासमा हुने उक्त कार्यक्रम बिहान ११ः१५ बजेका लागि राखिएको हो।
हालै सम्पन्न निर्वाचनबाट संसदमा आएका सदस्यहरूमध्ये उमेरका आधारमा सबैभन्दा ज्येष्ठ सांसद अर्जुननर सिह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ दिलाइनेछ।
ज्येष्ठ सदस्यले नै भोलिपल्ट अन्य निर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यतालिका पनि सार्वजनिक भएको छ।
यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य चयन भएका छन्। समानुपातिक प्रणालीमार्फत पनि नयाँ अनुहारहरू संसदमा प्रवेश गरेका छन्।

