बाराको जिल्ला आयुर्वेद केन्द्रका डा केशरीद्वारा व्यापक अनियमितता

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 176
पढ्न लाग्ने समय : 2 मिनेट

२५ पुस, बारा: प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय कलैयामा व्यापक अनियमितता भएको रहस्य बाहिरिएको छ ।

चिकित्सालयका डाक्टर पुनिता केशरीले व्यापक अनियमितता गरेका हुन ।

उनले आफनो कार्यकालमा करोडौ रुपैयाको ल्यावको मेशनरी समान कमिशनमा खरिद गरि प्रयोग विहिन बनाएको शेमेश असारीले आरोप लगाए ।

डाक्टर केशरीले ल्यावमा टेस्ट गर्न खरिद गरेको महङ्गा केमिकलहरू प्रयोगमै नआइ म्याद गुज्रिएको चिकित्सलाय स्रोतले जनाएको छ ।

समान खरिदमा अनियमितता भए भन्दै अख्तियारमा मुद्दा समेत चलिरहेको भवानीपुरका दिनेश गुप्ताले बताए । कयौ पटक अख्तियारको जवाफ दिन डा केशरी हेटौडा समेत गएको स्रोतको दाबी छ ।

डा केशरीले औषधी खरिदमा पनि व्यापक घोटाला गरेको रहस्य बाहिर आएको छ ।

म्याद गुज्रिन कम समय भएको औषधी खरिद गरि डाक्टर केशरीले घोटाला गरेको ब्रहमपुरीका रामनाथ यादवले आरोप लगाए ।

भवनको मर्मत सम्भार देखि कार्यालयको भौतिक समानहरूको खरिदमा पनि डाक्टर केशरीले कमिशन लिने गरेको स्रोतले दाबी गरेको छ । डा केशरीको सरूवा असोज ११ मा रौतहटको चपुर भए पनि आर्थिक लोभले सरूवा भएको ठाउमा जान नमानेको एक कर्मचारीले बताए ।

जिल्लामा बसे कार्यलय पनि हेर्न सकिने र आफनो क्लिनिक पनि संचालन गर्ने मनसायले नै सरूवा भएको ठाउमा जान नचाहेको ती कर्मचारीले बताए ।

डाक्टर केशरी कहिल्यै पनि समयमा कार्यालय नआएर कहिले ११ त कहिले १२ बजे आउने गरेको अर्का एक कर्मचारीले बताए ।

उनलाई घर पुर्याउन र कार्यालय ल्याउन एक जना कार्यलय सहयोगीलाई नै परिचालन गरेको ती कर्मचारीले बताए । उनले इन्धनमा पनि व्यापक अनियमितता गरेको स्रोतको दाबी छ ।

तपाइको सरूवा केन्द्रमा भएको विषयमा डा केशरीले आफुलाइ पायक पर्ने ठाउ नभएकोले कलैया मै कार्यरत रहेको बताइन । हाल सम्म यहा सरुवा भएको हाकिम न आएकोले आफु सरुवा भएको ठाउमा नगएको डा केशरीले प्रतिक्रिया दिइन ।

  • An error has occurred, which probably means the feed is down. Try again later.