सर्वसम्मत निर्णय: रास्वपा संसदीय दलको नेतृत्व बालेनको हातमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १२ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन्। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो।

पार्टी सभापति रवि लामिछानेले शाहलाई संसदीय दलको नेताका रूपमा प्रस्ताव गरेका थिए, जसलाई बैठकले बिना विवाद अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाभित्र नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला शाहलाई संसदीय दलको नेता चयन गरिएको हो। यससँगै उनी प्रधानमन्त्री बन्ने प्रक्रिया पनि अगाडि बढेको छ।

पार्टीभित्र नेतृत्व चयन सहज र सहमतिमै टुंगिएको भन्दै नेताहरूले यसलाई सकारात्मक अभ्यासका रूपमा लिएका छन्। अब नयाँ सरकार गठन, मन्त्री चयन र संसद सञ्चालनका विषयमा रास्वपाको भूमिका निर्णायक रहने अपेक्षा गरिएको छ।

Leave a Comment