एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 130
पढ्न लाग्ने समय : 1 मिनेट

५ वैशाख, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका फरार अभियुक्त हुन् ।

लामालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार थिए ।
उनलाई सजाय भुक्तानीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Leave a comment