१३ चैत २०८२, शुक्रबार,काठमाडौं-शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले भन्नुभयो, “हाम्रो हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको छ। हामी विस्तृत विवरण लिइरहेका छौं।”
उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए। दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ। लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

