२ साउन, कलैया: बाराको कलैयामा नेपाल प्रहरीका एकजना पुर्व सईले संचालन गरेको होटलमा यौन व्यापार हुने गरेको रहस्य बाहिरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर-५ स्थित बयल बजारमा नेपाल प्रहरीका पुर्व संचालन गरेको हिमानी होटल एण्ड पार्टी पैलेसमा यौन व्यापार हुने गरेको रहस्य बाहिरिएको हो ।
नेपाल प्रहरीका पुर्व सई नागेन्द्र यादवले संचालन गरेको होटलमा यौन धन्दा हुने गरेको प्रहरीले जनाएको छ ।
होटलमा यौन धन्दा गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार छापामारी केही जोडीलाई पक्राउ गरेपछी होटलको कर्तुत बाहिरिएको हो ।
प्रहरीले चारजना महिला र दुईजना पुरुषगरि छवजनालाई पक्राउ गरि मुद्दा चलाएको छ ।
प्रहरीले पुर्व सईका छोरा कलैया उपमहानगरपालिका-५ का ३० बर्षीय श्यामसुन्दर यादव र पर्साको वीरगन्ज महानगरपालिका-२९ का २० बर्षीय युवकलाई पक्राउ गरेको हो।
चारजना महिलाको नाम भने गोप्री राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेक पुरुषहरुमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसुर मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराए ।
होटल संचालक यादवले विभिन्न ठाउँबाट महिलाहरुलाई ल्याई आर्थिक प्रलोभनमा पारेर बेश्यावृती गराउने गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराए ।
पुर्व सई यादवले भने आफ्नो होटलमा त्यस्तो काॠ नभएको दाबी गरेका छन ।
पक्राउ परेका अन्य केही महिला र पुरुषलाई प्रहरीले अनुसन्धान पछि छोडेको छ ।