निवासमै पुगेको प्रहरी टोलीद्वारा ओली नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुरको गुण्डुस्थित निवासमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा गएको टोली निवासमै प्रवेश गरेर पक्राउ प्रक्रिया अघि बढाएको थियो।

ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली रातिदेखि नै उनको निवासतर्फ परिचालन गरिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ।

Leave a Comment