जाँच आयोगको सिफारिसपछि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१४ चैत, काठमाडौं-जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णयपछि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

त्यसपछि गृहमन्त्री ले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेका थिए। प्रहरीले सरकारसँग लिखित आदेश मागेपछि कानुन मन्त्रालयमार्फत आवश्यक प्रक्रिया पूरा गरिएको थियो।

उक्त आयोगले जेनजी आन्दोलनको दमनबारे अध्ययन गर्दै नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा , रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुखविरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ। ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार लापरबाहीका कारण ज्यान गएको कसुरमा कारबाही गर्न सकिने व्यवस्था छ।

Leave a Comment