प्रहरीद्वारा लागू पदार्थ गाँजा सहित एकजना पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 131
पढ्न लाग्ने समय : 1 मिनेट

६ बैशाख, बारा: बारामा प्रहरीले लगु पदार्थ गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका-४ का २३ बर्षीय चन्दन पासवानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरि पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पासवानलाई दुई क्वीन्टल ३० किलो गाँजा सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी गराउनु भयो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटेको प्रहरी टोलीले पासवानलाई पचरौता नगरपालिका-४ बाट पक्राउ गरेको हो । पासवानलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक खडकाले जानकारी गराउनु भयो ।

१५ वटा पोकामा पासवानले राखेको गाँजा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक खडकाले जानकारी गराउनु भयो । पासवानमाथी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।