१६ चैत, काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै पक्राउको आधार स्पष्ट गर्न निर्देशन दिएको हो। ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको भूमिकाबारे प्रश्न उठेपछि यो विषय अनुसन्धानमा आएको हो। उक्त घटनाको छानबिनका लागि बनेको आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।
त्यही सिफारिसका आधारमा शनिबार बिहान दुवै जनालाई नियन्त्रणमा लिइएको थियो।






