दोश्रो कलैया उपमहानगरपालिका कप फुटबल प्रतियोगिताको उपाधी जनजागृती युवा क्लब निजगढले उचालेको छ।
बिहिबार सम्पन्न फाईनल खेलमा जनजागृतीले समाज बिकाश युवा क्लब भोडाहालाई १ गोलले पराजित गर्दै उपाधी चुमेको हो। जनजागृतीका बिक्रम लामाले पहिलो हाफको ३२ औं मिनटमा बिजयी गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाएका थिए।
बिजयी टोलिलाई कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविनले शिल्ड तथा नगद पुरस्कार प्रदान गरेकी थिईन भने उपबिजेत टोलिलाई नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेयले पुरस्कार प्रदान गरेका थिए।
बिजयी टोलिलाई नगद तीस हजार रुपया प्रदान गरिएको थियो भने उपबिजेता टोलिलाई नगद बीस हजार रुपैया सहित शिल्ड प्रदान गरिएको हो।
नगर खेलकुद बिकाश समितीका जंयोजक एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न पुरस्कार बितरण समारोहमा नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेय, जिल्ला सदस्य पुरुषोत्तम साह, वडा अध्यक्षहरु शिवबिहारी चौधरी, राजेश मण्डल, बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष राजकिशोर धामी, खेलप्रेमी तथा सयौंको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका सांथ कलैया उपमहानगरपालिकाको प्रायोजन तथा नगर खेलकुद बिकाश समितिको आयोजनामा ज्येष्ठ ३ गतेदेखी प्रतियोगिता जारी रहेको थियो।
विभिन्न ८ वटा टिम सहभागी रहेको प्रतियोगितामा प्रतियोगिता कलैया-२१ को भोडहा स्थित फुटबल मैदानमा सम्पन्न भएको हो।
प्रतियोगितामा नेपाली सेनाको ज्वालादल गुल्म, अमरज्योती क्लब, समाज बिकास युवा क्लब, सनसाईजिङ्ग क्लब, जनजागृती युवा क्लब, सिद्ध बाबा युवा क्लब, जन प्रगती युवा क्लब तथा उजाला युथ क्लब सहभागी रहेको आयोजक संस्थाका क्यामुदिन संसारीले जनाए।
Leave a Reply