१७ चैत,काठमाडौ-काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल लाई हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको छ। उनलाई मंगलबार बिहान पक्राउ गरिएको थियो।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। रिजाल जेनजी आन्दोलन भएको समयमा काठमाडौंका सीडीओको जिम्मेवारीमा रहेका थिए।
गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा दमन गरिएको आरोप उनीमाथि लाग्दै आएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत उनीविरुद्ध कारबाही गर्न सिफारिस गरेको थियो।
यद्यपि, प्रारम्भिक अनुसन्धानपछि उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भने जारी रहने बताइएको छ।
पूर्व सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा हुने, जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान जारी
Leave a Comment
Leave a Comment

