३० मंसिर,बारा : नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा बाराका अग्रज पत्रकार सुवेदी निर्वाचित भएका हुन ।
प्रमुख निर्वाचन अधिकृत निवेश तिमिल्सिनाका अनुसार सुवेदीले ७१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्याम यादवलाई चार मतको अन्तरले पराजित गरेका हुन।
नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका साझा उम्मेदवार यादवले ६७ मत प्राप्त गरेका थिए ।
कूल १३९ मत खसेकोमा अन्य केही मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्षमा निर्वाचित सुवेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्यसमेत हुन् ।
त्यसैगरी उपाध्यक्षमा पन्नालाल दास, सचिवमा पुष्पराज खतिवडा , सहसचिवमा ईन्दिप कोईराला र दुष्यन्त चौधरी, कोषाध्यक्षमा रँजन यादव निर्वाचित भएका हुन ।