सर्वदलीय बैठक आज, संसद् सञ्चालनको तयारी तीव्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत १८ — नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठकको तयारीस्वरूप आज सर्वदलीय बैठक बस्न लागेको छ। संसद् सचिवालयको आह्वानमा बैठक दिउँसो १ बजे महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्नेछ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारी सहभागी हुनेछन्। बैठकमा पहिलो संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल हुने जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजे बस्ने तय भएको छ। सोही बैठकको तयारीस्वरूप आज सर्वदलीय बैठक आयोजना गरिएको हो।

यसपटक प्रतिनिधि सभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेस ३८ सिटसहित दोस्रो, एमाले २५ सिटसहित तेस्रो र नेकपा १७ सिटसहित चौथो स्थानमा रहेका छन्। त्यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौँ दलका रूपमा छन्। स्वतन्त्र उम्मेदवार महावीर पुनले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका छन्।

 

Leave a Comment