बालेन सरकारको मन्त्रिपरिषद्: कसलाई कुन मन्त्रालय?

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १३ चैत २०८२ — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद्को जिम्मेवारी बाँडफाँट पनि गरिएको छ। शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद्मा विभिन्न मन्त्रालयको जिम्मेवारी यसप्रकार तोकिएको छ:

प्रधानमन्त्री बालेन्द्र शाह — रक्षा र उद्योग मन्त्रालय
स्वर्णिम वाग्ले — अर्थ मन्त्रालय
सुधन गुरुङ — गृह मन्त्रालय
शिशिर खनाल — परराष्ट्र मन्त्रालय
सुनिल लम्साल — भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ — ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल (गनेश) — पर्यटन मन्त्रालय
सस्मित पोखरेल — शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विक्रम तिमिल्सिना — सञ्चार मन्त्रालय
प्रतिभा रावल — सामान्य प्रशासन मन्त्रालय
दीपक साह (महोत्तरी) — श्रम मन्त्रालय
सोविता गौतम — कानून मन्त्रालय
सीता वादी — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो। नयाँ सरकारसँग अब देशको प्रशासन, अर्थतन्त्र, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

 

Leave a Comment