२१ चैत, काठमाडौं । प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ सरकार गठनपछि सक्रिय भएको प्रहरीले यस्तो अभियान चलाएको हो ।
अभियान सुरु भएसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा कारबाही गरेका हुन् ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राति मात्रै उपत्यकाका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

