मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 32
पढ्न लाग्ने समय : 1 मिनेट

२७ जेठ, जनकपुरधाम :  मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र नं. ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।