काठमाडौं, चैत २२ – इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीका परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित सुलेमानीकी भतिजी हमिद सुलेमानी अफसार र उनकी छोरीलाई संघीय सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका हुन्। छोरीको नाम भने सार्वजनिक गरिएको छैन।
दुवै जना हाल अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायको हिरासतमा रहेको जनाइएको छ।
सन् २०२० जनवरीमा इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा कासिम सुलेमानी मारिएका थिए। उनी इरानको रिभोलुसनरी गार्ड्सको कुद्स फोर्सका प्रमुख थिए।
रिपोर्टअनुसार पक्राउ परेका व्यक्तिहरूले इरानका सर्वोच्च नेता अली खामेनीको समर्थन गर्दै अमेरिका विरुद्ध अभिव्यक्ति दिएका थिए।
सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ।
त्यसैगरी इरानका पूर्व सुरक्षा अधिकारी अली लारीजानीका परिवारका सदस्यहरूको कानुनी हैसियत पनि खारेज गरिएको जनाइएको छ। लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए।

