अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २२ – सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयमा लागू हुनेछ।
‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ पोखरेलले भने।

त्यस्तै, सरकारले भोलि (२३ चैत) बाट लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएको छ।

Leave a Comment