कलैयाको विद्यालयमा पानी फिल्टर जडान

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२३ बैशाख,बारा: कलैया उपमहानगरपालिका वडा नम्बर-१ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा वाटर फिल्टर तथा वाटर कुलिङ्ग मेसिन जडान गरिएको छ।

विद्यार्थीहरुलाई स्वच्छ पानी प्रदान गर्न ‘कारखाना समूह र एलायन्स एसिया नेपाल’ नामक संस्थाको सहयोगमा उक्त फिल्टर तथा मेसिन जडान गरिएको हो।

जडान गरिएको फिल्टर र मेसिनको कलैया-१ का वडा वडाध्यक्ष मोहन बहादुर क्षेत्री, बिधालय व्यवस्थापन समितिका अध्यक्ष अभिषेक साह तथा प्रधानाध्यापक रामनाथ मिश्रले संयुक्त रुपमा उदघाटन गरेका छन ।

फिल्टर जडान भएपछी विद्यालयका करिब चार सय विद्यार्थी तथा शिक्षक र कर्मचारीहरुले स्वच्छ खानेपानी पिउने छन। मेशिनले आरो, युभी लगायतका तकनिकबाट पानी फिल्टर गरि शुद्ध पानी प्रदान गर्नेछ।

Leave a Comment