तत्कालीन क्याम्पस प्रमुख कुश्वाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 71
पढ्न लाग्ने समय : 1 मिनेट

१३ मंसिर, बारा: बाराको कलैया स्थित  रामराजा मोवि शाह बहुमुखी क्याम्पसक तत्कालीन प्रमुख  हरि भूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हत्याका मुख्य अभियुक्त सुरेन्द्र कुश्वाहालाई पक्राउगरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि मुख्य अभियुक्त  सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो।

६ महिनाको लामो प्रयास पछि सुरेन्द्रलाई प्रहरीले बुधबार बिराटनगरबाट पक्राउ गर्न सफल भएको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

गत जेठ ३२ आदर्श कोतवाल गाउँपालिकाको खजुरियामा कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको थियो ।

फरार कुशवाहा बिराटनगरमा  खेतीपाती गरेर बसेको सूचना पाए पछि उनलाई पक्राउ गर्न सकिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

गएको जेठ ३२ मा घरबाट फर्किने क्रममा तत्कालीन क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका क्याम्पस प्रमुख कुशवाहाले फोन गरेर सुरेन्द्र कुशवाहाले आफू माथि गोली प्रहार गरेको जानकारी गराएका थिए।

Leave a comment