काठमाडौं, साउन १७ — मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार सार्वजनिक शान्ति तथा सुरक्षामा असर पुग्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। सोही घोषणापछि केही घण्टामै प्रहरीले उनलाई पक्राउ गरेको हो।
आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ
Leave a Comment
Leave a Comment

