सबै छानबिन सामना गर्न तयार रहेको प्रचण्डको भना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शनिबार, २८ चैत २०८२,काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।

शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे। आफूविरुद्ध हुने सबै प्रकारका छानबिन सामना गर्न नडराउने उनको भनाइ थियो।

“मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै पटक भनिसकेको छु,” उनले भने, “सम्पूर्ण छानबिनका लागि म तयार छु।”

उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै सत्यतथ्य बाहिर आउँदा आफूलाई कुनै डर नभएको बताए।

यसै क्रममा सञ्चारकर्मीले वर्तमान सरकारको कार्यशैलीबारे सोधेको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने समय नभएको प्रतिक्रिया दिए।

Leave a Comment