अख्तियारको छानबिन तीव्र: सिम्रौनगढ नगरपालिकालाई १५ दिनभित्र कागजात बुझाउन निर्देशन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, बैशाख १ – बाराको सिम्रौनगढ नगरपालिकामा बढ्दो भ्रष्टाचार र अनियमितताप्रतिले गम्भीर चासो देखाउँदै छानबिनलाई तीव्र बनाएको छ।

आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोली सोमबार नगरपालिकामा पुगेर हाल अनुसन्धानमा रहेका २१ वटा उजुरीसम्बन्धी फाइलमा प्रमाण संकलन कार्य अघि बढाएको छ। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार आवश्यक कागजात उपलब्ध गराउन पटकपटक पत्राचार गर्दा पनि नगरपालिकाले बेवास्ता गर्दै आएको थियो।

आर्थिक वर्ष ०८०/०८१, ०८१/०८२ र ०८२/०८३ का विभिन्न नगरस्तरीय योजनामा अनियमितता भएको उजुरी परेपछि आयोगले भुक्तानी प्रक्रिया, कागजात र निर्णय प्रक्रियामाथि गहिरो अनुसन्धान सुरु गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेराको कार्यशैलीप्रति समेत प्रश्न उठेका छन्। स्रोतका अनुसार आवश्यक तथ्य र प्रमाण लुकाउने तथा समयमै स्पष्टीकरण नदिने प्रवृत्ति देखिएको छ। साथै, केही वडा सचिवहरूले उनीमाथि योजनामा ४० प्रतिशतसम्म कमिसन माग्ने गरेको गुनासो गरेका छन्।

यसैबीच उपप्रमुख नजमु शेहरले आफूलाई योजनासम्बन्धी जानकारी नदिई बाइपास गरिएको आरोप लगाएकी छन्। उनका अनुसार नगरपालिकाभित्र पारदर्शिताको अभाव देखिएको छ।

बढ्दो अनियमितता र भ्रष्टाचारप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष, पारदर्शी र गहिरो छानबिन गर्न आयोगसँग माग गरेका छन्।

यसक्रममा अनुसन्धानमा सहयोग गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरा र लेखा प्रमुख मनीष सुमन जैसवालले प्रारम्भमा ७ दिनभित्र कागजात उपलब्ध गराउने लिखित सहमति जनाएका थिए। तर, लहेराले समयमै कागजात उपलब्ध नगराएपछि आयोगले १५ दिनभित्र सम्पूर्ण कागजात, तथ्य र स्पष्टीकरण बुझाउन निर्देशन दिएको जनाएको छ।प्रमुख प्रशासकीय अधिकृत लहेराले पुरानो कागजात माग गरेको बताए ।आयोगले १५ दिन भित्र माग बमोजिमको कागजात पेस गर्ने निर्देशन दिनेको लहेराले बताए ।

Leave a Comment