१४ भदौ, बारा : बारामा डीआईजीको आदेशलाई टोकरीमा फाल्दै सशस्त्र प्रहरी नै तस्करीमा संलग्न हुन थालेका छन ।
सशस्त्र प्रहरीकै संलग्नतामा मटिअर्वा नाकाबाट व्यापक तस्करी हुन थालेको छ ।
तस्करी कार्य गराउन सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी विदुर भट्टराईले तस्कहरुसँग महिनावारी रकम लिने गरेका छन भने अन्य जवान र हवलदारले डीउटी खर्च उठाउने गरेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीको ग्रीन सिग्नल पाएपछि तस्करहरुले मटिअर्वा नाकाबाट निर्धक्क तस्करी गर्न थालेको स्थानीय एकजनाले आरोप लगाए ।
मटिअर्वा नाकाबाट कबाड नेपालबाट भारत जाने गरेको स्थानीयले बताएका छन ।
बिहीबार राती सशस्त्र प्रहरीको गुल्म पछाडीको बाटो हुँदै ठेलामा दुई ट्रक कबाडको समान तस्करहरुले भारततर्फ लगेका छन ।
सशस्त्र प्रहरीको डीउटी अगाडिबाट नै दुई घण्टा लगाएर तस्करले समान लगेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरीले समान नियन्त्रणमा लिनुको सट्टा डीउटी खर्च लिएको एकजना तस्करले आरोप लगाए ।
चार/ पाँच दिनदेखि रोकिएको कबाडको तस्करी सशस्त्रका डीएसपी भट्टराईको ईशारा पाएपछि गएरातीदेखि फेरि सुचारु भएको एकजना तस्करले खुलासा गरे ।
ती तस्करले बिश्वखबरसँग भने,’फकाउँदा फकाउँदा डीएसपीसाब बल्ल तयार हुनु भयो र पाँच दिनपछी गएरातीदेखि फेरि काम सुचारु भएको छ ।`
मतिअर्वाकै भण्डारी चौक र निलकण्ठवा हुँदै रातभरी धानको तस्करी शुरु भएको छ ।
रातभरि तस्करह्रुले धान भारतबाट नेपाल ल्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
रातको समयमा मोटरसाइकलमा काजु किसमिस, चिनी, कपडा , सुर्ती आदिको तस्करी समेत हुने गरेको छ ।
सशस्त्र प्रहरीको गुल्मको संलग्नतामा तस्करी तीब्र भएपनी सशस्त्र प्रहरीका एसपी सन्तोष बहादुर सिंहको मौनताले सशस्त्र प्रहरीको संस्थागत संलग्नता भएको आशंका उब्जाएको कलैया का एकजना बुद्धिजीवीले बताए ।
सशस्त्र प्रहरीका डीएसपी भट्टराईले खुला सिमानाका कारण तस्करी भएको र आफ्नो संलग्नता नभएको दाबी गरे ।
सशस्त्र प्रहरी उपरीक्षक सिंहले अफुले तस्करी बारे बुझ्ने प्रतिक्रिया दिए ।