मंगल पाण्डेय २५ बैशाख, बारा: विद्यालय जाने बिद्यार्थी बिधालय जाँदा के के लिएर जान्छ ? तपाईको उतर होला किताब ,कापी,कलम झोला आदि तर बाराको कलैया उपमहानगर पालिकाकाविद्यालयहरुमा यति उतरले मात्र पुग्दैन ।
कलैया उपमहानगरपालिकाका विद्यालयहरुमा बिद्यार्थीहरु विद्यालय जाँदा अनिवार्य रुपमा बोतल लिएर जानुपर्ने बाध्यता रहेको छ।
पालिकाको अधिकांश विद्यालयमा पानीको अभाव भएपछि विद्यालयहरुले बिद्यार्थीहरुलाई घरबाटै बोतलमा पानी लिएर ल्याउन अह्रएको छ ।
विद्यालयहरुमा खानेपानीकालागी जमिनमुनि गाडिएका चापाकलहरु सुकेर पानी दिन छोडेपछि विद्यालयहरुले घरबाट नै बोतलमा पानी लिएर विद्यार्थीहरुलाई निर्देशन दिईएको कलैया उपमहानगरपालिका-१० सितलपुर स्थिर नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनीले जानकारी गराउनु भयो ।
बिधालयमा जडान गरिएको ३ वाच चापाकल सुकेर पानी दिन छोडि सक्यो । पानीको अभाव छ । प्रचण्ड गर्मी छ । बिद्यार्थीहरुलाइ पानी खान समस्या भएकोले घर बाटै बोतलमा पानी ल्याउन अनिवार्य गरेका छौ श्री ने.रा.आ.बि .सितलपुरका प्रधानाध्यापक सहनीले बताउनु भन्नू भयो । विद्यालयका शिक्षकशिक्षिकाहरुलाई समेत घरबाट नै पानी लिएर आउन निर्देशन दिएको प्रधानाध्यापक सहनीले बताउनु भयो ।
पानीको अभावले विद्यालयमा समस्या हुदै आएको आधारभुत बिधालय छोट्किफुलवरीवाका प्रधानाध्यापक नथुनी महतोले जानकारी गराउनु भयो ।
समस्या एउटा/ दुईवटा विद्यालयको होईन, यतिखेर
पानीको समस्याले बाराको अधिकास विद्यालयहरुको समस्या यस्तै छ ।
पानीको मुख्य स्रोत चापाकल सुकेपछी करिब २ महिना देखी बारा लगायत मधेसका जिल्लाहरुमा हाहाकार भएको छ ।
वनजङ्गल बिनास, चुरे दोहन र अबैध बालुवा गिट्टी उत्खननले प्रत्येक वर्ष बारावासी गर्मीमा पानीको समस्य भोगदै आए पनि स्थानीय जनप्रतिनिधि ठोस र दीर्घकालीन समाधान गर्ने तर्फ ध्यान नदिएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले आरोप लगाउनु भयो ।
पानीको हाहाकार छ जनप्रतिनिधि तत्काल समस्या समाधान तर्फ लागनु पर्ने दासले बताउनु भयो ।