एम्बुलेन्स चालक मिनी डाक्टर हुन: कांग्रेस युवा नेता सिंह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 119
पढ्न लाग्ने समय : 1 मिनेट

२६ फागुन, बारा: नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंहले एम्बुलेन्स चालकहरू मिनी डाक्टर भएको बताउनु भएको छ । बाराको कलैयामा आज एम्बुलेन्स चालक संघद्वारा आयोजित होली मिलन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेता सिंहले एम्बुलेन्स चालकहरुको प्रशंसा गरेका हुन । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर४ ख को सभापति समेत रहनु भएका सिंहले एम्बुलेन्स चालकहरुले बिरामीलाई समयमा अस्पतालमा पुरयाएर उनीहरुको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान दिएको भन्दै एम्बुलेन्स चालकहरु मिनी डाक्टरको भएको धारणा राख्नु भएको हो । वहाँल एम्बुलेन्स चालकहरुको उपचार निशुल्क गरिदिन हुन अस्पताल संचालकहरुलाई आग्रह गर्नु भयो । वहाँले भारतीय नम्बरको एम्बुलेन्स संचालनमा कडाई गर्नुपर्ने धारणा राख्नु भयो । युवा नेता सिंहले एम्बुलेन्स चालकहरुले पैसाकोलागि मात्रै नभएर समाज सेवाकोलागी समेत काम गरिरहेको धारणा राख्नु भयो । कलैया स्थित राज लक्ष्मी हस्पिटलको सभाकक्षमाआयोजित कार्यक्रममा हस्पिटलका संचालक विजय साह, डाक्टर सुनिल पटेल, डाक्टर मनोज कुश्वाहा, ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवाल लगायतले शुभकामना मन्तव्य राख्नु भयो । एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष दिपेन्द्र महतो कोईरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।