२७ चैत्र, बारा: आफ्नो छोराको हत्या हुँदापनि प्रहरीले मुद्दा दर्ता नगरेको गुनासो एकजना अभिभावकले गरेका छन ।
आज बाराको कलैयामा पत्रकार सम्मेलन गरि पचरौता नगरपालिका-९ का सोनालाल यादवले प्रहरीले मुद्दा दर्ता नगरेको गुनासो गरेका हुन । यादवले आफ्नो छोरा १८ बर्षीय प्रदीप कुमार यादवको स्थानीय नवल यादव सहितको व्यक्तिले हत्या गरेको आरोप लगाए । गएको पुष एक गते आफ्नो छोरालाई हत्यागरि नहरको बाटोमा फालेको यादवले आरोप लगाए । कुँडवा विद्यालयमा कक्षा आठमा अध्यनरत आफ्नो छोरालाई कक्षा १० मा अध्यनरत एक युवतीले प्रेम पत्र लेखेको कारण आफ्नो छोराको हत्या भएको आरोप सोनालाल यादवले लगाए । आफ्नो घरमा समेत आएर स्थानीय नवल यादव समुहले मंसिर ५ गते आक्रमण गरेर आफ्नो छोरालाई कुटपिट गरेको आरोप पत्रकार सम्मेलनमा सोनालाल लगाए । प्रहरीले हत्यालाई दुर्घटना बनाएको आरोप पिडितले लगाए ।
छोराको हत्या हुँदापनि प्रहरीले मुद्दा दर्ता नगरेको गुनासो
