काठमाडौँ, १५ वैशाख । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक पदमा सह-सचिव निर्मल ढकाललाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयको निर्णयअनुसार सोमबारदेखि उनले विभागको नेतृत्व सम्हालेका हुन् ।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए । विभागभित्रकै अनुभव र कार्यसम्पादनका आधारमा उनलाई नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ ।
यसअघि विभागका महानिर्देशक रहेका गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा सरुवा गरिएपछि उक्त पद केही समयदेखि रिक्त थियो । सोही रिक्तता पूर्ति गर्दै सरकारले नयाँ नेतृत्व नियुक्त गरेको हो ।
नयाँ महानिर्देशक नियुक्तिसँगै विभागको कामकारबाही अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा ढकाल, महानिर्देशकमा नियुक्ति
Leave a Comment
Leave a Comment

