काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
संवैधानिक इजलासमा भएको सुनुवाइमा पाँच न्यायाधीशमध्ये तीन जनाले सरकारको निर्णय रोक्नुपर्ने पक्षमा राय दिएका थिए। उनीहरूले ट्रेड युनियनमाथिको प्रतिबन्ध तत्काल लागू गर्दा कर्मचारी अधिकारमा असर पर्ने निष्कर्षसहित अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने बताएका हुन्।
यद्यपि इजलासका अन्य दुई न्यायाधीशले भने अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको फरक मत राखेका थिए।
बहुमत न्यायाधीशको रायअनुसार सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। यससँगै निजामती कर्मचारीका ट्रेड युनियनहरू हालका लागि यथावत् सञ्चालनमा रहने भएका छन्।
ट्रेड युनियन प्रतिबन्ध रोक्न सर्वोच्चको अन्तरिम आदेश, इजलासमा देखियो मत विभाजन
Leave a Comment
Leave a Comment






