३ कार्तिक, बारा : बारामा गाँजा कारोबारमा संलग्न रहेकोे प्रहरीले एउटा पत्रिकाको प्रकाशकलाई पक्राउ गरेको छ ।
प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर-६ का अजित कुमार नुनिया भन्ने अजित कुमारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अजित तिरहुत साप्ताहिक पत्रिकाका प्रकाशक हुन ।
उनले आफ्नो अवैध कारोबारलाई संरक्षणगर्न केही महिना अगाडि साप्ताहिक पत्रिकाका प्रकाशक बनेका थिए ।
प्रहरीले गएको बैशाख ६ गते पचरौता नगरपालिका वडा नम्बर-४ बाट दुई सय ३० किलो गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका-४ का चन्दन पासवानलाई नियन्त्रणमा लिएपछि नुनिया फरार थिए ।
पासवानको बयानका आधारमा प्रहरीले प्रकाशक अजितलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार पासवान गाँजा बोक्ने भरिया थिए भने प्रकाशक अजित गाँजा कारोबारगर्ने मुख्य साहु थिए ।
हिजो पक्राउ परेका अजितलाई जिल्ला अदालतले पुर्पक्षकालागि कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।