भाग्यलक्ष्मी सहकारीको २४ औ वार्षिक साधारण सभा सम्पन्न

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 83
पढ्न लाग्ने समय : 2 मिनेट

३० असोज, बारा: बाराको कलैया स्थित श्री भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भाग्य लक्ष्मीको चाहना, बारा समृद्धिको कामना भन्ने मूल नाराका साथ बाराको सदरमुकाम कलैया स्थित बाराउद्योग वाणिज्य संघको सभाहलमा आज २४ औ साधारण सभा सम्पन्न भएको हो ।

सरकारले अहिले पनि बैक तथा वितिय संस्था मध्ये सहकारीलाई हेर्ने दृष्टिकोणमा कुनै फरक नआएको बारा जिल्ला सहकारी संघका अध्यक्ष तथा वार्षिक साधारण सभाका प्रमुख अतिथी सतेन्द्र ठाकुरले बताए ।

अहिले पनि सर्वसाधारण बैक वा वितिय संस्थामा ऋण लिन लामबद्ध हुनु पर्ने अवस्था छ, उनले भने ,‘महिनौ लामबद्ध हुँदा समेत बैकहरुबाट ऋण लिन सकिने अवस्था छैन तर सहकारी संस्थाले कुनै पनि बेला जस्तोसुकै परिस्थितिमा पनि आफना शेयरहरुलाई ऋण लगानी गर्ने गरेको छ ।

संस्थाका अध्यक्ष रामानन्द यादवले सहकारी गरिब र पिछडिएका वर्गको साथी बनेको धारणा राखे । उनले अहिलेको बचत भोलीको सम्पन्नताको प्रतिक भएको बताए ।

उक्त सहकारी संस्थामा ९ सय शेयर सदस्य रहेको रहेका छन ।
संस्थाले १ करोड ६६ लाख बचत संकलन गरेको र ४ करोड भन्दा बढी बजारमा लगानी गरेको उनले बताए ।

संस्थाले चालु आर्थिक वर्षमा ६ करोड भन्दा बढी बजारमा लगानी गर्ने लक्ष्य लिएको अध्यक्ष यादवले बताए ।

यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख महन्थ ठाकुर,सत्यनारायण कुश्वाहा, रामदयाल ठाकुर लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष मुकेश कुश्वाहाले संचालन स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका सचिव चुमनबाबु केवटले गरेका थिए ।