विदेशी पीआर लिएका चिकित्सकको लाइसेन्स रद्द गर्ने क्रम जारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, वैशाख १८ — नेपाल मेडिकल काउन्सिल ले विदेशी स्थायी बसोबास अनुमति (पीआर) लिएका चिकित्सकहरूलाई लक्षित गर्दै लाइसेन्स खारेज गर्ने प्रक्रिया तीव्र बनाएको छ। काउन्सिलले पछिल्लो निर्णयअनुसार थप १९ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटाएको जनाएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बनेका व्यक्तिहरूलाई नेपाली चिकित्सकको रूपमा मान्यता दिन नमिल्ने भएकाले यस्तो निर्णय गरिएको हो। उनले काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार कारबाही गरिएको स्पष्ट पारे।
यसअघि पनि काउन्सिलले एक साताभित्रै १७ जना चिकित्सकको लाइसेन्स खारेज गरिसकेको थियो। उक्त कदमप्रति केही चिकित्सकहरूले असन्तुष्टि जनाए पनि काउन्सिलले कानुनी प्रावधानअनुसार प्रक्रिया निरन्तर रहने जनाएको छ।
लाइसेन्स खारेज हुने चिकित्सकहरूमा डा. सुमिन्द्रा पुन, डा. शैलेश कुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेश राज पहारी, डा. सन्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन, डा. सूजना श्रेष्ठ, डा. सुनिता बिष्ट, डा. दिपा मल्ल, डा. सौरभ जी.सी., डा. जेनिशा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दिपिका ज्ञवाली, डा. हेमु चौरासिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डे रहेका छन्।
ती चिकित्सकहरूले बेलायत, अमेरिका, क्यानाडा लगायत देशको पीआर लिएका कारण उनीहरूको लाइसेन्स तत्काल प्रभावबाट रद्द गरिएको काउन्सिलले जनाएको छ। अब उनीहरूले नेपालभित्र कुनै पनि प्रकारको चिकित्सकीय अभ्यास गर्न पाउने

Leave a Comment