२४ भदौ, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज राजीनामा दिएका छन्। सिंहले आफ्नो राजीनामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा दिएको जानकारी दिएका छन्।
सिंहले प्रदर्शनकारीहरूको ज्यान गुम्नु असह्य पीडा भएको उल्लेख गर्दै समस्या समाधान संवाद र सहकार्य मार्फत सम्भव हुनेमा विश्वास व्यक्त गरेका छन्।
राजीनामासँगै मधेस प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ मोड आउने अपेक्षा गरिएको छ।


